समाचार

बालकृष्ण खाँणलाई तत्काल निलम्बन नगर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई तत्काल निलम्बन नगर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बिहीबार साँझ बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले अदालतको फैसलापछि मात्रै खाँणको विषयमा निर्णय लिने गरी निर्णय गरेको सहमहामन्त्री जीवन...

हेटौंडाका तामाङसहित चार जना प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित बिहीबार चार जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ सहिदस्मारकबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए । पक्राउ पर्नेहरुमा हेटौंडा– ११ बस्ने बर्ष २३ को निशान वाईबा तामाङ, चितवनको भरतपुर महानगरपालिका वडा...

दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

दाङ । दाङमा बिहीबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीवार बेलुकी ६ बजे घोराही उपमहानगरपालिका–१४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै रा १ ख १२०१ नम्बरको बसले रा ३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा...

नागरिक उड्डयन प्राधिकरणद्वारा ठूलो संख्यामा कर्मचारी माग

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणमा आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्म रिक्त हुन आउँने विभिन्न पदमहरूमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा पद पूर्ति गर्न लोकसेवा आयोगबाट सहमति प्राप्त भए अनुसार कर्मचारी माग गरेको हो । प्राधिकरणका अनुसार प्रबन्धकदेखि सहायकसम्म गरी १ सय...

कामै नगरी कर्मचारीले लिए १० करोड ४७ लाख

काठमाडौं । सरकारले सयौं कर्मचारीलाई जिम्मेवारी नदिई अतिरिक्त समूहमा राख्दा राज्यकोषको १० करोडभन्दा बढी रकम खेर गएको छ । अतिरिक्त समूहमा रहेका कर्मचारीले हाजिर गर्ने र कामै नगरी त्यसै घर फर्केरै १० करोड ४७ लाखभन्दा बढी रकम सकाएका हुन् । यद्यपि, सो रकम कर्मचारीको तलबमा खर्च भएको हो ।...

एमाले केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठक शनिबारसम्म संचालन हुनेछ । केन्द्रीय समिति बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महासचिव शङ्कर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेण्डन पेस गरेका थिए । आजको...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायुको आंशिक प्रभाव रहेपनि मौसम सामान्य सफा रहने भएको हो । आज दिउँसो कोशी र मधेशका साथै बागमती...

आजबाट हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु

मकवानपुर । हेटौंडामा आजबाट ‘हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८०’ सुरु हुने भएको छ । उक्त प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौंडा चेस क्लब र नेपाल खेलकुद माहासंघको संयुक्त आयोजनामा हुन लागेको हो । हेटौंडा–११ स्थित होटल स्मारकमा हुने उक्त प्रतिगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनियाले...

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ घर भई हाल भक्तपुर–ठिमी ४ बस्‍ने ४६ वर्षीय भावना श्रेष्ठ रहेकी छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले भक्तपुर ठिमीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत भक्तपुरमा...

सहायक वन अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छन् ।पदमा बहाल रहँदा उनले गैरकानूनी रुपले ७२ लाख भन्दा बढी रकम आर्जन गरेको ठहर भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतमा कार्यरत मिश्रले...