सरकारको नीति तथा कार्यक्रम : प्रत्येक पालिकामा शित भण्डारण स्थापना गरिने

तु खबर संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १६:५६
file-photo

काठमाडौं । सरकारले प्रत्येक पालिकामा एक–एक वटा शित भण्डारण स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा आगामी आर्थिक वर्ष २०८०/०८१ का नीति तथा कार्यक्रमका प्राथमिकता सार्वजनिक गर्दै सो बारे जानकारी गराएका हुन् ।

राष्ट्रपति पौडेलले कृषि उत्पादन र प्रवर्द्धनमा विशेष महत्त्व दिँदै प्रत्येक पालिकामा एक–एक वटा शित भण्डारणसहित उत्पादन केन्द्र बनाउने जानकारी दिए ।

आगामी आर्थिक वर्षको बजेटमार्फत दुर्गम क्षेत्रमा खाद्यान्नको सहज आपूर्तिसहित खाद्यान्न भण्डारणको क्षमता वृद्धि गर्ने जनाएको छ ।

कृषि उत्पादन, मल बिउ बिजनको सहज उपलब्धतासहित कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिने सरकारले जनाएको छ । भूमिको चक्लाबन्दीलाई विशेष प्रोत्साहन गरिने समेत सरकारले जनाएको छ ।