सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
राष्ट्रपति पौडेलले एकीकृत प्रतिष्ठानअन्तर्गत सबै प्रदेशहरुमा मेडिकल कलेज स्थापना गर्ने बताएका हुन् ।
यस्तै, राष्ट्रपति पौडेलले चिकित्सा शिक्षा सम्बन्धी प्रतिष्ठानहरुलाई एकीकृत छाता ऐनअन्तर्गत सञ्चालन गरिने बताए । साथै उनले प्रदेश र क्षेत्रीय अस्पताललाई स्तरोन्नति गरी शिक्षण अस्पताल बनाउने घोषणा गरे ।
