सरकारले तीन तहका सरकारबीचको दोहोरोपन हटाउने

तु खबर संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १७:२५
file-photo

काठमाडौं । सरकारले तीनै तहका सरकारको कार्यात्मक सुदृढीकरण गरी कामको दोहोरोपन हटाउने भएको छ । आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय समन्वय परिषद् लगायतलाई सक्रिय बताउने बताएका हुन् । राष्ट्रिय प्राथमिकताको काम गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई गर्न नीतिगत र कानूनी व्यवस्था गरिने पौडेलले बताए ।

यस्तै, उनले काममा दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास समिति, कोषहरु एक आपसमा गभिने वा खारेज गर्ने बताए ।

यस्तै, उनले अन्तर्राष्ट्रिय सहायतालाई राष्ट्रिय गौरव, रुपान्तरणकारी र उच्च प्राथमिकतायुक्त आयोजनाको सञ्जालमा केन्द्रित गर्ने बताए । उनका अनुसार आगामी आर्थिक वर्षमा ऋणको आयोजनागत विनियोजन गरिनेछ ।