विद्युतीय खरिद प्रक्रियालाई प्राथमिकतामा राख्ने सरकारको घोषणा

तु खबर संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १७:०४
file-photo

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतीय खरिद प्रणालीलाई प्राथमिकतामा राख्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्युतीय खरिद प्रक्रियालाई प्राथमिकतामा राख्ने घोषणा गरेका हुन् ।

उनले भने, ‘विद्युतीय खरिद प्रक्रियालाई अनिवार्य गर्दै लगिने छ ।’ यस्तै, सबै सरकारी काममा सार्वजनिक खरिद प्रक्रियालाई थप कडाई गर्नुका साथै व्यवस्थित समेत गर्ने योजना सरकारले बनाएको राष्ट्रपति पौडेलले बताए ।

यस्तै, सरकारले सार्वजनिक ऋणलाई बढीभन्दा बढी प्रतिफलमुखी बनाउन ऋणको वर्गीकरण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत उस्तो व्यवस्था गर्न लागिएको राष्ट्रपति पौडेलले संसदमा जानकारी दिए ।