समाचार

आजबाट हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु

मकवानपुर । हेटौंडामा आजबाट ‘हेटौंडा मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८०’ सुरु भएको छ । उक्त प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौंडा चेस क्लब र नेपाल खेलकुद माहासंघको संयुक्त आयोजनामा सुरु भएको हो । उक्त प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख...

१२ दिनदेखि हराएका गुरुङ मृत अवस्थामा फेला

तनहुँ । तनहुँमा १२ दिनदेखि बेपत्ता भएका एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । गत बैशाख १७ गतेदेखि बेपत्ता भएका तनहुँको व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ मृत अवस्थामा फेला परेका हुन् । गुरुङको स्थानीय सुदेखोला सात विसे सामुदायिक वनको भिरबाट १११ मिटर तल खसेर...

जसपाले संसदीय दलको नेता चयनपछि मात्रै मन्त्री पठाउने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकारमा थप मन्त्री पठाउने भएको छ । भागबण्डमा दुई वटा मन्त्रालय पाएको जसपाले एउटा मन्त्री पठाउन बाँकी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जसपाका लागि वन मन्त्रालय राखिरहेका छन् भने सो पार्टीले मन्त्री नपठाएको...

गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ

पोखरा । गण्डकीका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख निवासमा नवनियुक्त चार मन्त्रीले शपथ लिएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आलेलाई मन्त्रीमा...

कांग्रेस मनहरीको गाउँपालिकास्तरीय सम्मेलन सम्पन्न

मकवानपुर । नेपाली कांग्रेसको वडा, गाउँपालिका, प्रदेश र जिल्ला सम्मेलन गर्ने केन्द्रीय परिपत्र अनुरुप मनहरी गाउँपालिकास्तरीय सम्मेलन शुक्रबार मनहरी बजारमा सम्पन्न भएको छ । कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा पालिकास्तरीय सम्मेलन गरिएको हो । सभापति बानियाँले देशमा चाहिने...

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । सो अवधिमा ९१६ नमुनामध्ये २६० जनाको पीसीआर परीक्षण गर्दा २१ जना र ६५६ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

हेटौंडामा परीक्षा दिँदै गर्दा पक्राउ परे एक फरार प्रतिवादी

मकवानपुर । हेटौंडामा कक्षा १२ को परीक्षा दिइरहेको समयमा मकवानपुर प्रहरीले परीक्षा हलबाट कर्तव्य ज्यान मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको वृन्दावन नगरपालिका–३, का २२ वर्षीय विवेक यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव...

ट्याक्टरबाट खसेर एक बालकको मृत्यु

दाङ । दाङमा ट्याक्टरबाट खसेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१४ का बर्ष १४ का बिनोद चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार, शुक्रबार बिहान साढे ११ बजेतिर तुलसीपुर–१४ गोठ्वाबाट ग्वारखोलातर्फ आउँदै गरेको रा १ त ४८९८ नम्बरको ट्याक्टरबाट खसेर...

एमालेले २०८४ को चुनाव लक्षित कार्यक्रम घोषणा गर्ने

काठमाडौं । नेकपा एमालेले २०८४ को चुनाव लक्षित कार्यक्रम घोषणा गर्ने भएको छ । एमालेले उक्त चुनावमा पहिलो शक्ति बन्ने गरि पार्टी परिचलानका कार्यक्रम घोषणा गर्ने भएको हो । बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले त्यसबारे सुझाव माग्न ८ वटा समूह बनाएर छलफल...

बानियाँले गरे राक्सिराङमा सडक उद्घाटन

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको २ र ३ नम्बर वडामा निर्मित सडकको उद्घाटन गरिएको छ । बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले शुक्रबार जिम्बाटोल, चिताउने स्यामराङ बखती सडकको उद्घाटन गरेका हुन् । प्रदेश सभा सदस्य बानियाँको पहलमा बागमती प्रदेश सरकारले चालु वर्षमा ३० लाख...