समाचार

अवैध गाँजासहित मकवानपुरका मगर पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ३ सरिखेत बस्ने ३४ वर्षीय राकुमार राना मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, मगरलाई शनिबार राति...

छुटेका बालबालिकालाई आज खोप लगाइँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन लागिएको जानकारी दिए । यसअघि यही वैशाख १५ गते पनि नियमित खोप छुटेकालाई खोप...

माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला

काठमाडौं । माध्यामि अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले यही बैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ । योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ । अनलाइन फाराम  https://license.tsc.gov.np मार्फत पेस गर्न...

सामुदायिक वनका अध्यक्ष पक्राउ

उदयपुर । अनुमति बिना रुख काटेको आरोपमा एक सामुदायिक बनका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी–३ स्थित सदावहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री घिमिरे रहेका छन् । कुनै पनि अनुमति नलिई अवैध रुपमा सामुदायिक वनभित्रका रुख कटान गरेर आफना उपभोक्तालाई वितरण गरेको आरोपमा अध्यक्ष घिमिरेलाई पक्राउ...

हेटौंडा मेयर कप फुटबल जेठ १५ देखि हुने

मकवानपुर । हेटौंडा मेयर कप फुटबल प्रतियोगिता आगामी जेठ १५ गतेदेखि सुरु हुने भएको छ । नगर खेलकुद विकास समितिले व्यवस्थापन गर्ने उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५, पिप्लेस्थित रंगशालमा हुने भएको हो । प्रतियोगितामा सहभागी हुन उपमहानगरभित्रका सबै वडालाई पत्र पठाइसकेको हेटौंडा उपमहानगरपालिका युवा तथा खेलकुद शाखाका...

हेटौंडामा सञ्जेलको उपन्यास ‘समय रेखामा आमोई’ माथि विमर्श

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरले शनिबार हेटौंडामा गोपाल सञ्जेलको उपन्यास ‘समय रेखामा आमोई’ उपन्यासमाथि विमर्श गरेको छ । झरनाले आफ्नो २८९ औँ साहित्य शृङ्खलाअन्तर्गत विमर्स कार्यक्रम साहित्य सङ्गम मकवानपुरको सभाहलमा गरेकोमा हो । कार्यक्रममा जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्री प्रसाद सञ्जेलको प्रमुख आतिथ्यतामा कार्यक्रम...

चलचित्र पत्रकार संघ मकवानपुरले विभिन्न विधामा पुरस्कार प्रदान गर्ने

मकवानपुर । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरले विभिन्न विधामा पुरस्कार प्रदान गर्ने भएको छ । संघले आगामी जेठ ७ गते पर्ने चलचित्र पत्रकारिता दिवसको अवसरमा विभिन्न विधाका तीन जनालाई पुरस्कार प्रदान गर्ने भएको हो । संघले राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८० बाट वरिष्ठ पत्रकार राजन घिमिरेलाई प्रदान गर्ने भएको संघका...

हेटौंडाका तीन होटल कारबाहीमा

मकवानपुर । बालबालिकालाई काममा लगाउने हेटौंडाका तीन वटा होटल कारबाहीमा परेका छन् । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणाको तयारी भइरहेका बेला तीन वटा होटल कारबाहीमा परेको हो । हेटौंडा उपमहानगरपालिका १० स्थित बसपार्क क्षेत्रमा संचालित ती होटलले बालबालिकालाई श्रमिकका रूपमा प्रयोग गरेको पाइएपछि श्रम कार्यालय, हेटौंडाले ती होटललाई...

सुरु भयो सगरमाथा आरोहण

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा शनिबारदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि डोरी टाँग्ने काममा खटिएका एक जना फोटोग्राफर र नौ जना शेर्पा दक्ष कामदार ९आइसफल डाक्टर० ले शनिबार दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो बनाएर आरोहण सुरु गरेका हुन् । नेपाल पर्यटन...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा...