समाचार

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले पाँच वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले केन्द्रीय बैंकमार्फत यस्तो ऋण उठाउने भएको हो । नेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्ने भएको छ । यसको बोलकबोल मंगलबार अर्थात् जेठ २ गते...

सहकारीको पैसा चोरी गर्ने मकवानपुरका दुई जना पक्राउ

मकवानपुर । प्रहरीले काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई आज पक्राउ गरेको छ । पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी रु ३३ लाख लिएर फरार भएका दुई जनालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी...

प्रदेश प्रमुख शर्माद्वारा प्रदेश सभाको बैठक आह्वान

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सभाको बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश मन्त्रिपरिषदबाट सिफारिस भई आएबमोजिम यही जेष्ठ ९ गते अपराह्न १ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम प्रदेश...

टोपबहादुर रायमाझीलाई अदालत लगियो

काठमाडौं । आइतबार काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका एमालेका सचिव टोपबहादुर रायमाझीलाई सोमबार अदालतमा लगिएको छ । उनलाई म्याद थपका लागि जिल्ला अदालत  काठमाडौंमा उपस्थित गराइएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो । ११ दिनदेखि फरार उनी आइतबारमात्रै पक्राउ परेपछि प्रहरीले म्याद दिएर अनुसन्धान अघि...

अन्तरजेसिज वतृत्वकला प्रतियोगितामा न्यौपाने विजयी

हेटौंडा । हेटौंडा जेसिजले आयोजना गरेको अन्तरजेसिज वतृत्वकला प्रतियोगितामा विवेक आनन्द न्यौपाने विजयी भएका छन् । आज भएको प्रतियोगितामा जेसिजका महासचिवसमेत रहेका न्यौपाने विजयी भएका हुन् । त्यस्तै सुदिन पौडेल दोस्रो र छोइसाङ् लामा तेस्रो भएका हुन् । प्रतियोगितामा प्रथम हुनेले १ हजार ५ सय, दोस्रो हुनेले १ हजार...

मकवानपुरकी भोलनको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ११, पिपलडाँडा बस्ने सन्चमाया भोलनको विष सेवनबाट मृत्यु भएको छ । ६१ वर्षीया भोलनको हाल नाम नखुलेको विषादी सेवन गर्दा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जनाएको छ । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उनले...

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे संसद् भवनमा सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, सभामुखले शोक प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची...

बस दुर्घटना हुँदा ३१ जना घाइते

चितवन । पूर्व–पश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आइतबार राति दुर्घटना भएको हो । बस खैरहनी नगरपालिका–८, पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित...

प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद्को संयुक्त बैठक कहिले बस्ने लगायतका विषयमा छलफल भएको...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । यस्तै, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका...