राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

तु खबर संवाददाता
२०८० जेष्ठ ९, मंगलवार १७:२३
file-photo

काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बहुमतले सरकारको नीति तथा कार्यक्रम पास गरेको हो ।

शुक्रबार सरकार कोतर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।