समाचार
कांग्रेस हेटौंडाको नगर भेला जेठ २० गते हुने
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका कार्य समितिको नगर अधिवेशन आगामी जेठ २० गते हुने भएको छ । शनिवार नगर कार्य समितिको हेटौंडाका १९ वडाका सभापतिहरुको सहितको संयुक्त बैठकले वडा भेला जेठ १५ गते र नगर भेला २० गते गर्ने निणय भएको हो । कांग्रेस हेटौंडा नगर सभापति उत्सव...
नदीमा डुबेर युवकको मृत्यु
बाँके । बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । आज ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, मृतक साहानी बैजनाथ गाउँपालिका–४ बोरिङ बस्तीका हुन् । साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर...
थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । देशभर थप ३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सो अवधिमा २ हजार ४१४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११ तथा एन्टीजेन विधिबाट २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप १४ जना संक्रमणमुक्त भएका छन्...
६ लाखले लिए श्रम स्वीकृति
काठमाडौँ । चालु आवको ९ महिनामा ६ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार ६ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल ६ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ...
हेटौंडामा प्रतिबन्धित माछा जफत गरी नष्ट
मकवानपुर । मकवानपुरको हेटौंडामा प्रतिबन्धित मङ्गुर माछा जफत गरी नष्ट गरिएको छ । हेटौंडास्थित सशस्त्र प्रहरी बल १४ नम्बर गणले एक क्वीन्टल माछा बरामद गरी नष्ट गरेको हो । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकडाभिट्टादेखि हेटौंडा आउँदै गरेको ना ५ ख ५७६१ नम्बरको बसबाट शुक्रबार बिहान उक्त माछाहरु बरामद गरी नष्ट...
मकवानपुरमा मिटरब्याजीविरुद्ध ३९ उजुरी
मकवानपुर । मकवानपुरमा अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध ३९ वटा उजुरी दर्ता भएको छ । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०७१ गठन गर्नुपूर्व नै मिटरब्याजीविरुद्ध २८ वटा र आयोग गठनपछि बिहीबारसम्ममा छ वटा गरी ३९ वटा उजुरी दर्ता भएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए...
मकवानपुर प्रहरीद्वारा चार जना प्रतिवादी पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न मुद्दाका चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतबाट फैसला भएर हालसम्म फरार रहेका उनीहरुलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहाद्र कार्कीले जानकारी दिए । पक्राउ पर्नेहरुमा ईन्द्रसरोवर गाउँपालिका– ३ बस्ने विष्णु बहादुर ठकुरी, साविक वेतिनी गाविस–...
ए डिभिजन लिग अन्तरगत आज तीन खेल हुँदै
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । त्रिपुरेस्थित दशरथ रङ्गशालामा दुई वटा र च्यासल खेल मैदान, ललितपुरमा एक खेल हुनेछ । च्यासलस्थित खेल मैदानमा मच्छिन्द्र फुटबल क्लब तथा थ्री स्टार क्लबबीच पहिलो खेल हुनेछ । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । यसैगरी,...
प्रहरीका २२ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समिति बैठकले राति अबेर सिफारिस सुची प्रकाशन गरेको हो । बढुवा समितिको निर्णयविरुद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिन्छ । उजुरी नपरेमा गृहमन्त्रीले सो सिफारिसलाई...
हेटौंडा जेसिजले भोलिबाट सप्ताहव्यापी कार्यक्रम गर्ने
मकवानपुर । हेटौंडा जेसिजले भोलिबाट सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । जेसिजले शुक्रबार पत्रकार सम्मेलनमार्फत् कार्यक्रमबारे जानकारी गराएको हो । सप्ताहव्यापी कार्यक्रम अन्तरगत भोलि वैशाख ३० गते हेटौंडाको पिप्लेदेखि मनकामना मन्दिरसम्म साइक्लिङ प्रतियोगिता हुने भएको छ । जसमा प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो...










