जापान पठाउने भन्दै साढे २ करोड ठगी, एक जना पक्राउ

तु खबर संवाददाता
२०८० जेष्ठ ८, सोमबार ०९:०७
सांकेतिक तस्बिर

विराटनगर । वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख रुपियाँ भन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशी रहेको जिल्ला प्रहरी कायर्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार, उनीविरुद्ध मोरङ र झापाका ३६ जना युवाले ठगी आरोपमा उजुरी दिएका थिए ।

एक वर्षदेखि फरार अवस्थामा रहेका राजवंशीलाई शनिबार विराटनगरबाट पक्राउ गरिएको हो । ठगी प्रकरणमा उनका भाई, बुहारी र बहिनी पनि आरोपित छन् । एक वर्षअघि जापानमा बसेर उनले आफन्त र साथीभाईलाई फोन गरेर जापान लैजाने लोभ देखाएका थिए ।