बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली घर भई हाल काठमाडौं महानगरपालिका–१० बस्ने ५२ वर्षीय हेमकुमार श्रेष्ठ रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । उच्च अदालत पाटनले गत वैशाख १ गते श्रेष्ठलाई ६ लाख जरिवाना, २४ हजार क्षतिपूर्ति तथा दुई दिन कैद गर्ने फैसला गरेको थियो । त्यसयता फरार रहेका उनी फरार थिए ।
उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला अदालत काठमाडौं पठाइएको जनाइएको छ ।
