जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

तु खबर संवाददाता
२०८० जेष्ठ ८, सोमबार १८:३२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् ।

सोमबार जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको निर्वाचन समितिको बैठकबाट यादव संसदीय दलको नेतामा चयन भएका हुन् ।

बैठकमा उपेन्द्र यादवको नाम दलको नेतामा सर्वसम्मत घोषणा भएको जसपा नेपालका सांसद प्रदीप यादवले जानकारी दिए ।