नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

तु खबर संवाददाता
२०८० जेष्ठ ८,सोमबार १६:०६
file-photo

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेरुडे लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको २२ प्रतिशत दरका कुल १३ लाख २० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।