सोमबार ८ अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०८० जेष्ठ ८,सोमबार १५:५१

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा झिनो अंकले बढेको छ । नेप्से परिसूचक आज ८.१० अंकले बढेर १८९१ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २७२ कम्पनीको ३४ लाख ९२ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २७ करोड ६७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग र व्यापार उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज उत्पादन तथा प्रशोधन उपसूचक २.४४ प्रतिशतले बढेको छ ।