आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । संघीय संसद अन्तरगतको प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेपछि बस्ने भएको हो ।
दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रतिनिधि सभामा आइतबार नै छलफल सुरु भएको थियो । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए ।
