जसपाले आज प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आज आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई मन्त्रीको नाम बुझाउने भएका छन् ।
वर्तमान सरकारमा दुई जना मन्त्री पाएको जसपाले शिक्षा मन्त्रीमा अशोक राईलाई पठाइसकेको छ भने अर्का एक मन्त्रीको नाम पठाउने तयारी गरेको हो ।
जसपाले शिक्षासहित वन मन्त्रालय पाएको छ । वन मन्त्रीको नाम आज बुझाइने जसपा निकट स्रोतले बताएको छ ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष यादवले शुक्रबारसम्म मन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाउने जानकारी गराएको सो पार्टीका एक सांसदले बताए ।
मन्त्रीको नाम पठाउने विषयमा छलफल गर्नका लागि अध्यक्ष यादवले संसदीय दलको बैठक बोलाएका थिए ।
