अनलाइन मिडिया एशोसिएसन नेपालको अध्यक्षमा दाहाल
मकवानपुर । अनलाइन मिडियाका संचालकहरुको छाता संगठन अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान) को तदर्थ कार्यसमितिको अध्यक्षमा धर्मेन्द्र दाहाल सर्वसम्मत चयन भएका छन् ।
बिहीबार हेटौंडामा भएको अनलाइन संचालकहरुको भेलाले दाहालको संयोजकत्वमा ११ सदस्सीय तदर्थ कार्यसमिति चयन गरिएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र गौतम, उपाध्यक्षद्वयमा सुनिता विष्ट, रुपक कालिराज, महासचिवमा उज्वल अधिकारी, सचिवद्वयमा मनोज देवकोटा, राजेश थापा र कोषाध्यक्षमा प्रवेश धिताल (कुन्दन) चयन भएका छन् ।
यसैगरी, समितिको सदस्यहरुमा दीपेश दाहाल, गोविन्द तिमल्सिना र भूपेन्द्र राना चयन भएका छन् ।
