ट्याक्टर दुर्घटना हुँदा तामाङको मृत्यु

तु खबर संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार ०९:५९

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहचालक फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ सिँवाका सन्दिप तामाङ रहेका छन् ।

बिहीबार राति मैवाखोला गाउँपालिका वडा नम्वर १ तेल्लाबुङतर्फ बालुवा लिएर जाँदै गरेको को २ त ७८७७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटना पश्चात चालक मिक्वाखोला गाउँपालिका १ का कुशल लिम्बू भने फरार रहेका छन् । उनको खोजी हुनुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।