जनताको अवस्था परिवर्तन गर्न लागि परौँ: बानियाँ

तु खबर संवाददाता
२०८० जेष्ठ ६,शनिबार १५:५१

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टी सुदृढीकरणमा ध्यान दिँदै जनताको अवस्था परिवर्तनमा लाग्न कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र क्रियाशील नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस राक्सिराङ गाउँसमितिद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै बानियाँले राक्सीराङ्गका विकट क्षेत्रमा रहेका तामाङ, चेपाङ लगायत विपन्न समुदायका जनताको अवस्था परिवर्तनका लागी काम गर्न आह्वान गरे ।

उनले विकास निर्माणमा कसैलाई काखापाखा नगरी काम गर्न कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिँदै आगामी बजेट निर्माणमा जनप्रतिनिधिहरुलाई सल्लाह सुझाव दिए ।

कांग्रेस राक्सिराङ गाउँपालिका सभापति विरेन्द्र जिम्बाको सभाध्यक्षतामा भएको भेलामा क्रियाशील नेता कार्यकर्ताबाट उठेको जिज्ञासाको बारेमा नेता बानियाँ र जिल्ला सभापति बुद्ध लामाले जवाफ दिंदै कांग्रेसको भावी रणनीतिको बारेमा बताए ।

कांग्रेसको केन्द्रीय परिपत्र बमोजिम वडा, गाउँपालिका, जिल्ला र प्रदेशको भेला गर्ने कार्यक्रम अन्तर्गत कांग्रेस राक्सिराङ गाउँपालिकाको सम्मेलन भएको हो ।