बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार, कस्लाई कुन मन्त्रालयको जिम्मेवारी ?
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार नेपालको संविधानको धारा १६८ को उपधार ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रदेश प्रदेश शर्माले बागमती प्रदेशको मौजुदा मन्त्रिपरिषदमा केही मन्त्रीहरु थपेर मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री जम्मकट्टेलले नेपाली कांग्रेसको तर्फबाट क्रमशः उत्तम जोशी, पुकार महर्जन, मसिना खड्का, रामकृष्ण चित्रकार तथा एकीकृत समाजवादीको तर्फबाट डा.राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्सालको नाम सिफारिस गरेका थिए ।
बागमती प्रदेशको मौजुदा मन्त्रीपरिषद्को कार्यविभाजन यसप्रकार रहेका छन् ।
१. मुख्यमन्त्री शालिकराम जम्मकट्टेल– मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. युवराज दुलाल–भौतिक पूर्वाधार विकास मन्त्रालय
३. कुमारी मुक्तान– सामाजिक विकास मन्त्रालय
४. गंगा नारायण श्रेष्ठ – आन्तरिक मामिला तथा कानून मन्त्रालय
५. बहादुर सिं लामा (तामाङ)– आर्थिक मामिला तथा योजना मन्त्रालय
६. तिर्थ बहादुर लामा – खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय
७. उत्तम जोशी– स्वास्थ्य मन्त्रालय
८. मसिना खड्का– वन तथा वातावरण मन्त्रालय
९.पुकार महर्जन– पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
१०. डा. राजेन्द्रमान श्रेष्ठ – कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
११. लक्ष्मण लम्साल– श्रम, रोजगार तथा यातायात मन्त्रालय
१२.रामकृष्ण चित्रकार– विना विभागीय मन्त्री
नवनियुक्त मन्त्रीहरुले आजै शपथ ग्रहण गर्ने कार्यसूची रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।
