शेयर बजारमा झिनो अंकको बृद्धि

तु खबर संवाददाता
२०८० जेष्ठ ७,आईतवार १६:१९

काठमाडौं । साता कारोबारको आज पहिलो दिन शेयर बजारमा झिनो अंकको बृद्धि भएको छ । गत हप्ताको अन्तिम दिनयताबाट बढ्न थालेको नेप्से सूचक परिसूचक आज ५ अंकले बढेर १८८३ को विन्दुमा पुगेर रोकिएको हो ।

यस्तै, आज नेप्सेमा सूचीकृत २७३ कम्पनीको ४८ लाख २६ हजार ३८८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५९ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैंकिङ, होटल तथा पर्यटन, लगानी, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र ब्यापार उपसूचकमा हरियाली छाएको छ भने उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, फाइनान्स र विकास बैंक उपसूचक भने घट्न पुगेको छ ।