समाचार
सरकारको नीति तथा कार्यक्रममाथि २३ वटा संशोधन प्रस्ताव दर्ता
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि संघीय संसदको दुबै सदनमा गरी २३ वटा संशोधनको प्रस्ताव दर्ता भएको छ । संसदको प्रतिनिधि सभामा २० र राष्ट्रिय सभामा ३ वटा संशोधन प्रस्ताव दर्ता भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । उनका अनुसार नीति तथा कार्यक्रमका विभिन्न बुँदामा...
वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या साढे ६ लाख नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या साढे ६ लाख नाघेको छ । आर्थिक वर्षको गत साउन महिनादेखि बैशाख महिनासम्म नयाँ श्रम स्वीकृति लिएर एवम् पुरानो स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ६० हजार २५५ पुगेको वैदेशिक रोजगार...
शेयर बजारमा झिनो अंकको बृद्धि
काठमाडौं । साता कारोबारको आज पहिलो दिन शेयर बजारमा झिनो अंकको बृद्धि भएको छ । गत हप्ताको अन्तिम दिनयताबाट बढ्न थालेको नेप्से सूचक परिसूचक आज ५ अंकले बढेर १८८३ को विन्दुमा पुगेर रोकिएको हो । यस्तै, आज नेप्सेमा सूचीकृत २७३ कम्पनीको ४८ लाख २६ हजार ३८८ कित्ता शेयर किनबेच...
बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण
मकवानपुर । बागमती प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै नियुक्त गरेका ६ जना नयाँ मन्त्रीहरुले शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई प्रदेश प्रमुख शर्माले एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।...
मकवानपुरका थोकरसहित तीन जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा–भैसे सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोलबाट लागूऔषध गाँजा ९२ किलोसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा भारतको मोजफुर बस्ने अन्दाजी १८ वर्षीय अमित कुमार, पर्साको...
बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार, कस्लाई कुन मन्त्रालयको जिम्मेवारी ?
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार नेपालको संविधानको धारा १६८ को उपधार ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश प्रदेश शर्माले बागमती प्रदेशको मौजुदा मन्त्रिपरिषदमा केही मन्त्रीहरु थपेर मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले नेपाली कांग्रेसको तर्फबाट क्रमशः उत्तम जोशी,...
जनताको अवस्था परिवर्तन गर्न लागि परौँ: बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टी सुदृढीकरणमा ध्यान दिँदै जनताको अवस्था परिवर्तनमा लाग्न कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र क्रियाशील नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस राक्सिराङ गाउँसमितिद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै बानियाँले राक्सीराङ्गका विकट क्षेत्रमा रहेका तामाङ, चेपाङ लगायत विपन्न समुदायका जनताको अवस्था परिवर्तनका...
चलचित्र पत्रकार संघ मकवानपुरको स्थापना दिवसः ३ जना पुरस्कृत
मकवानपुर । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले २४ औँ स्थापना दिवसको अवसरमा संघको प्रवद्र्धनको लागि विभिन्न समयमा योगदान पुर्याएका तथा चलचित्र क्षेत्रमा क्रियाशील तीन जनालाई पुरस्कृत गरेको छ । आज हेटौंडामा आयोजित कार्यक्रममा चलचित्र पत्रकारितामा क्रियाशील पत्रकार राजन घिमिरेलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८० प्रदान गरिएको छ । घिमिरेलाई...
नीति तथा कार्यक्रम : राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने
काठमाडौं । सरकारले बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् । बैंक खाता खोल्न, सवारी...
सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । राष्ट्रपति पौडेलले एकीकृत प्रतिष्ठानअन्तर्गत सबै प्रदेशहरुमा मेडिकल कलेज स्थापना गर्ने बताएका हुन् । यस्तै,...










