हेटौंडाकी विन्दबासिनीले लिइन् सांसदको शपथ

तु खबर संवाददाता
२०८० जेष्ठ १५, सोमबार १५:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणाली बमोजिम नव निर्वाचित सांसद विन्दबासिनी कंशाकारले शपथ लिएकी छिन् ।

हेटौंडाकी कंशाकार सोमबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

२ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि निष्काशनमा परेका ढाकाकुमार श्रेष्ठको स्थानमा कंशाकार समानुपातिक सांसद निर्वाचित भएकी हुन् ।