भीमफेदी कारागारका ११ कैदीबन्दीलाई माफी मिनाहा

तु खबर संवाददाता
२०८० जेष्ठ १५, सोमबार १६:४९
file-photo

मकवानपुर । १६ औं गणतन्त्र दिवसको अवसरमा मकवानपुरको भीमफेदी कारागारमा रहेका ११ कैदीबन्दीहरुलाई माफी मिनाहा गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी कारागारमा विभिन्न मद्दामा कैदसजाय भोगिरहेका एक जनालाई आम माफी र ११ जनालाई माफी मिनाह भएको कारागारा प्रशासक तिर्थ पौडेलले जानकारी दिए ।

आम माफीमा डाका सम्बन्धी मुद्दामा जेल जिवन कटाई रहेका हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७, कमाने निवासी ३२ वर्षीय जगनाथ ढकाल रहेका छन् ।

ढकाललाई डाका सम्बन्धी मुद्दामा ६ बर्षको जेल संजाय तोकिएको थियो । उनले २ बर्ष जेल जिवन कटाएर आम माफी पाएका हुन ।

यस्तै, माफी मिनाह अन्तरगत सुकराम खड्गी, किरण प्रजापती, धनराज गिरी, नाङ्गेल रुम्वा राना, सुनिल कुमार मण्डल, सुनिल क्षेत्री, सन्तलाल घलान, बलिराम पासी, बुद्ध बहादुर घिसिग, कपल मण्डल र सविन ब्लोन रहेको कारागार प्रशासक पौडेलले जानकारी दिए ।

कारागारले चालचलन सिफारीस गरेको आधारमा बिभिन्न मुद्दाहरुमा जेल भोगीरहेका उनीहरुलाई राष्ट्रपतिद्वारा माफी मिनाह गरिएको उनले बताए । उनका अनुसार, हाल उक्त कारागारमा १ हजार १०८ जना कैदीबन्दी रहेका छन् ।