बजेट भाषण : २० वटा संस्थाहरु खारेज गरिने

तु खबर संवाददाता
२०८० जेष्ठ १५,सोमबार १७:१४
file-photo

काठमाडौं । नेपाल सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र आवश्यक नरहेका २० वटा संस्थाहरु खारेज गरिने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकायहरुलाई एक अर्कामा गाभिने समेत बताए ।

अर्थमन्त्री महतका अनुसार, पर्यटन प्रवर्द्धन विकास समितिहरुलाई प्रदेश सरकार र स्थानीय सरकारमा हस्तान्तरण गरिने समेत बताए ।

सरकारले आगामी वर्षको बजेटमार्फत स्रोत सहमति प्रदान गरेको मितिले ९ महिनासम्म ठेक्का सम्झौता नभएमा सहमति स्वत रद्ध गर्ने व्यवस्था गर्ने उनले बताए ।

खरिद प्रक्रियामा देखिएका समस्या समाधान गर्दै सार्वजनिक खरिदलाई प्रभावकारी बनाउन नियममा आवश्यक परिवर्तन गर्ने घोषणा समेत सरकारले गरेको छ । यस्तै, आयोजना कार्यान्वयनका लागि कात्तिक महिनाभित्र ठेक्का सुरु गरिसक्नुपर्ने व्यवस्था समेत बजेटले गरेको छ ।