समाचार
भुटानी शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन आज बुझाइँदै
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको अनुसन्धान प्रतिवेदन आज बुझाइँदैछ । जिल्ला प्रहरी कार्यालयले हालै पक्राउ परेका माथि गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्षका...
प्रदेश सरकारले खेलकुद क्षेत्रलाई विशेष महत्व दिएको छ : मुख्यमन्त्री
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई विशेष महत्व दिएर कार्यक्रमहरु ल्याएको बताएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले आइतबार साँझ बागमती प्रदेशको राजधानी हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा दोस्रो प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले खेल र खेलाडीको विकाससंगै पुर्वाधार निर्माणमा पनि सरकारको ध्यान...
प्रदेश प्रमुख शर्माद्वारा विधेयक पुर्नविचारको लागि प्रदेश सभामा फिर्ता
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले ‘प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पुर्नविचारको लागि प्रदेश सभामा फिर्ता पठाएका छन् । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सभाबाट सर्वसम्मत पारित भएको उक्त विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (३) बमोजिम आइतबार पुर्नविचारको लागि प्रदेश...
दुबई पठाइदिन्छु भन्दै ९ लाख ठगी, रिमाल पक्राउ
काठमाडौं । दुबई पठाइदिन्छु भन्दै ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१०, कपन आकाशेधारा बस्ने २९ वर्षीय उमेश रिमाल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनामाथि तीन दिनको म्याद थप
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनामाथि तीन दिनको म्याद थप गरिएको छ । उक्त प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनामाथि आवश्यक अनुसन्धान गर्न तीन दिनको म्याद थप गरिएको हो । उनीहरुलाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । त्यस क्रममा अदालतले...
हिमपहिरोमा परेर तीन जना बेपत्ता
बझाङ । बझाङमा हिमपहिरोमा ३ जना बेपत्ता भएका छन् । आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । यस्तै, उक्त हिमपहिरोमा परेर दुई जना घाइते भएका छन् । हाल घटनास्थलतर्फ प्रहरी टोली जाँदै गरेको प्रहरीले जनाएको...
अवैध लागूऔषधसहित १४ जना पक्राउ
काठमाडौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, मकवानपुर, बाँके, झापा, कैलाली, सुर्खेत र मोरङ गरी छुट्टाछुट्टै जिल्लाबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौंको काठमाडौं महानगरपालिका–१६, पक्नाजोलस्थित सबल क्याफे एण्ड खाजा घरबाट अवैध लागूऔषध आइस ड्रग्स ३ ग्राम ५ मिलिग्राम,...
पत्रकारको न्यूनतम पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्न सिफारिस
काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक वृद्धि गर्न सरकारसमक्ष सिफारिस गरेको छ । आइतबार सिंहदरबारमा समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई प्रतिवेदन बुझाउँदै श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ४० प्रतिशतले वृद्धि गर्न सिफारिस गरेको हो । त्यस्तै, सञ्चार प्रतिष्ठानमा कार्यरत जनशक्तिले सेवा सुविधा पाए नपाएको...
दुर्घटनामा परेर तामाङको मृत्यु
चितवन । चितवनको भरतपुर महानगरपालिका–१२, टिकौलीमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २० वर्षीय सागर तामाङ रहेका छन् । दिउँसो पौने १२ बजेको समयमा टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना ४ ख ६६७४ नम्वरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश...
नक्कली भुटानी शरणार्थी प्रकरण : म्याद थपका लागि १६ जनालाई अदालत लगियो
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका १६ जनालाई म्याद थप गर्नका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । उक्त प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौं लगेको हो । पक्राउ परेकामाथि ५५ दिन लामो अनुसन्धान...









