समाचार

बिपदबाट हुन सक्ने क्षतिको न्यूनिकरण गर्न हेटौंडामा डेमो प्रर्दशन

मकवानपुर । बिपदबाट हुन सक्ने क्षतिको न्यूनिकरणको लागि पूर्व तयारी स्वरुप सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरले डेमो प्रर्दशन गरेको छ । सोमबार हेटौंडा–११ स्थित राप्तिखोलामा रहेको झोलुङ्गे पुल मुनि बिपदले पुर्याउने क्षतिलाई न्यूनिकरण गर्न सकिने उपायहरुका लागि जल बिपद् उद्धार सम्बन्धी अभ्यासहरु प्रस्तुत गरिएको हो ।...

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् । सोमबार जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको निर्वाचन समितिको बैठकबाट यादव संसदीय दलको नेतामा चयन भएका हुन् । बैठकमा उपेन्द्र यादवको नाम दलको नेतामा सर्वसम्मत घोषणा भएको जसपा नेपालका सांसद प्रदीप यादवले...

नक्कली शरणार्थी प्रकरण : आरोपित ३२ जनाविरुद्ध मुद्धा चलाउन राय

काठमाडौं । जिल्ला प्रहरी कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित ३२ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा राय बुझाएको छ । प्रहरीले ३२ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको भएपनि हालसम्म १६ जना मात्रै पक्राउ परेका छन् । प्रहरीले बुझाएको प्रतिवेदन अध्ययनपछि सरकारी वकिलको कार्यालयले बुधबारसम्ममा जिल्ला अदालत काठमाडौंमा...

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नियुक्त गरेका नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था र जनमत पार्टीका चन्द्र केश गुप्ताले शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार शपथ ग्रहण गराएका...

२१ जना प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नती भएका २२ जनामध्ये २१ जनालाई सोमबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । यही ५ जेठमा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तरं) को निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका उनीहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक...

भुटानी शरणार्थी प्रकरण : पक्राउ परेकाविरुद्ध बुधबारसम्ममा मुद्दा दायर गरिने

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन धन्दामा संलग्न अभियोगमा पक्राउ परेकाविरुद्ध बुधबारसम्ममा अदालतमा मुद्दा दायर गरिने भएको छ । प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन सकेर बुधबारसम्ममा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने जानकारी दिए । अब...

नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेरुडे लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको २२ प्रतिशत दरका कुल १३ लाख २० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त...

एभरेष्ट बैंकको खाताबाट डेढ करोड चोरी, ९ जना पक्राउ

काठमाडौं । एभरेष्ट बैंकको इटहरी शाखाबाट ग्राहकको खाताको डेढ करोड रुपैयाँ चोरी भएको छ । चोरीमा संलग्न आशंकामा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीले एभरेष्ट बैंकको ईटहरी शाखाका अपरेशन इन्चार्ज निरज प्रधानसहित ७ जना बैंक कर्मचारी र दुईजना बाहिरका व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी सुनसरीले...

सोमबार ८ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा झिनो अंकले बढेको छ । नेप्से परिसूचक आज ८.१० अंकले बढेर १८९१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७२ कम्पनीको ३४ लाख ९२ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २७ करोड ६७ लाख रुपैयाँमाथिको कारोबार भएको...

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली घर भई हाल काठमाडौं महानगरपालिका–१० बस्ने ५२ वर्षीय हेमकुमार श्रेष्ठ रहेका छन् । उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । उच्च अदालत पाटनले गत वैशाख १ गते श्रेष्ठलाई...