हेटौंडाका विपन्न बालबालिकालाई डिप्लोमा कम्प्युटर शिक्षा

तु खबर संवाददाता
२०८० जेष्ठ १६, मंगलवार १७:४१

मकवानपुर । दैनिक जिविको पार्जनका लागि समस्यामा पर्दै आएका परिवारका बालबालिकाका लागि हेटौंडामा निःशुल्क डिप्लोमा कम्प्युटर शिक्षा प्रदान गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हेटौंडा–१६ र १७ मा रहेर कम्प्युटर शिक्षामा चासो राख्ने विपन्न परिवारका बालबालिकालाई कम्प्युटर शिक्षा दिइएको हो ।

६ महिने डिप्लोमा शिक्षा सकेका १६ र १७ का बालबालिकालाई हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले प्रमाणपत्र हस्तान्तरण गरेकी थिइन् ।

त्यसक्षेत्रका कम्प्युटर शिक्षामा इच्छा राख्नेहरुलाई लक्षित गर्दै ५ वटा कम्प्युटरबाट सञ्चालन भएको तालिम केन्द्रमा अहिले १८ वटा कम्प्युटर रहेको छ । समितिले व्यवस्थापनका लागि केहि शुल्क लिएपनि बजारमा बेसीक र डिप्लोमा कक्षाका लागि लाग्ने भन्दा न्यून रहेको समितिका अध्यक्ष कृष्णबहादुर राईले जानकराी दिए ।

तालिमका लागि समितिले २ जना प्रशिक्षकको व्यवस्था गरेको उनले बताए ।