बसको ठक्करबाट थापाको मृत्यु

विराटनगर । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ जयचोकमा बसको ठक्करबाट मंगलबार दिउँसो एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साइकलयात्री पथरीशनिश्चरे–२ का ५० वर्षीय यज्ञ थापा रहेका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५४९ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्री उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र चालक झापाको बिर्तामोड नगरपालिका–२ का ४६ वर्षीय प्रकाश पाठकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।