कांग्रेस नेतृ तथा पूर्व राज्यमन्त्री पाण्डेको निधन

तु खबर संवाददाता
२०८० जेष्ठ १६, मंगलवार १७:५६

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवम् महिला, बालबालिका तथा समाज कल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ ।

पाण्डेको मंगलबार काठमाडौंको गौशालास्थित आफ्नै निवासमा निधन भएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

पाण्डेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा एक घण्टा राखिनेछ ।

स्वर्गीय पाण्डेप्रति सम्मान प्रकट गर्दै पार्टीले जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने भएको कांग्रेसले जनाएको छ ।