समाचार
मंगलबार घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले हिजो सोमबारको तुलनामा सुनको भाउ घटेको जनाएको हो । भाउ घटेसँगै आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ हजार २०० र तेजाबी सुनको भाउ प्रतितोला १ लाख ८...
चट्याङले लियो महिलाको ज्यान
रौतहट । रौतहटमा मंगलबार बिहान चट्याङ लागेर एक जना महिलाको ज्यान गएको छ । वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर मौलापुर नगरपालिका पतौरागाउँकी ३५ वर्षीया प्रतिमा देवीको ज्यान गएको हो । आफ्नो गोठ नजिकैको ट्युबवेलमा पानी भर्ने क्रममा बिहान ७ बजे चट्याङ लागेर उनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी...
खानेपानी बोर्ड हेटौंडाको वार्षिकोत्सब सम्पन्न
मकवानपुर । खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाको १० औं वार्षिकोत्सव सोमबार सम्पन्न भएको छ । कार्यक्रम हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो क्रममा बोर्डको स्थापना कालमा काम गरेर सहयोग पुर्याउने तत्कालिन कार्यकारी निर्देशक तथा...
हेटौंडामा सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धी अन्तरक्रिया
मकवानपुर । हेटौंडामा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । उक्त कार्यक्रम बुद्ध हेल्थ प्रोमोशन एजुकेशन सेन्टर, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र र स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा भएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले मकवानपुरका १० वटै स्थानीय...
भीमफेदी कारागारका २९ जना कैदीबन्दी बिरामी
मकवानपुर । क्षेत्रीय कारागार भीमफेदीमा झाडापखाला रोगबाट सोमबार २९ जना कैदीबन्दी एकैपटक बिरामी परेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीमा उक्त रोग देखिएको जिल्ला प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । कारागारमा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट २ जना डक्टर, ४ जना सहयोगी र प्राथमिक स्वास्थ्य...
वीरगंजबाट पक्राउ परे हेटौंडाका लोप्चन
पर्सा । पर्साको वीरगंज महानगरपालिका वडा नम्वर १६, रजतजयन्ती चोकबाट प्रहरीले सोमबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३, पदमपोखरी बस्ने २७ वर्षीय गोबिन्द लोप्चन रहेका छन् । उनलाई प्रहरी चौकी ईनार्वा र लागूऔषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भारतबाट...
राप्रपा नेपालको बिस्तारित बैठक आजबाट
काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बिस्तारित बैठक आज बस्दैछ । बैठक काठमाडौंमा बस्ने भएको हो । प्रतिनिधि सभाको निर्वाचन पश्चात राप्रपा नेपाल केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बिस्तारित बैठक आज बस्न लागेको हो । बैठकमा पार्टी अध्यक्ष कमल थापाले ‘वर्तमान परिस्थिति...
दुर्घटनामा परेर खतिवडाको मृत्यु, बानियाँ घाइते
पोखरा । पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बिहान पोखरा महानगरपालिका–६, खहरेचोकस्थित हल्लनचोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...
आज यी चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ ।...
प्रतिनिधि सभा बैठक : आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । गत जेठ ५ मा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ । नीति तथा कार्यक्रममाथि...










