समाचार

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रूपमा मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले शिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी...

बागमती प्रदेश सभाको बैठक आज पनि बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा विनियोजित विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफावार छलफल हुने प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उक्त विधेयक मंगलबारको...

मकवानपुरका गोले र पाख्रिन प्रहरीको फन्दामा

मकवानपुर । महोत्तरी प्रहरीले लागूऔषधसहित मकवानपुरका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले १ सय किलो लागूऔषध गाँजासहित सोमबार मकवानपुरका दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १ बस्ने २९ वर्षीय रुपेश गोले र सोही ठाउँ बस्ने २६ वर्षीय अनिल पाख्रिन रहेका...

नक्कली शरणार्थी प्रकरण : आरोपितविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने तयारी

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुविरुद्ध आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । मुद्धाका लागि गठित ८ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी मुद्दा पत्र तयार गरिरहेको छ । प्रहरीको रायमाथि केही थपघट गरेर मुद्दा दर्ता हुन सक्ने...

ए डिभिजन लिग अन्तरगत आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार २१ औँ राउण्डका खेल हुन लागेका हुन् । जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछ भने च्यासल मैदान, ललितपुरमा एउटा खेल हुनेछ । च्यासल मैदानमा हुने एक...

आज संघीय संसद्को संयुक्त बैठक बस्दै

काठमाडौं । आज संघीय संसद्को संयुक्त बैठक बस्दैछ । बैठक सघीय संसद् भवन, बानेश्वरमा दिउँसो ४ बजे बस्ने भएको हो । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन,...

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज शपथ लिँदै

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारीले आज शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति कार्यालयका अनुसार, आज बिहान ९ः५० मा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक...

बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प महसुस

बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको हो । यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर...

आज देशका अधिकांश स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । यी पाँच प्रदेशका एक÷दुई स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...

बागमती प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिन मनाउने

मकवानपुर । बागमती प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी तीन दिन गणतन्त्र दिवस मनाउने भएको छ । मंगलबार अपराह्न प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा गणतन्त्र दिवस समारोह समिति गठन गर्न बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए । उनका...