समाचार

हेटौंडाकी विन्दवासिनीलाई सांसदको शपथ लिन बाटो खुल्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई प्रतिनिधि सभा सदस्य पदको शपथ लिने बाटो खुलेको छ । मेडिकल शिक्षा व्यवसायी दुर्गा प्रसााईसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठलाई निष्कासन गरेर उनको ठाउँमा कंसाकारलाई समानुपातिक सांसद बनाउन सिफारिस...

हेटौंडाका बलसहित दुई जना पक्राउ

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर २२ बाट अवैध पामतेल (कच्चा पदार्थ) सहित प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, भंगेरी बस्ने २४ वर्षीय सुरेन बल र सिमरा उपमहानगरपालिका–२२ बस्ने २७ वर्षीय मनिष उपे्रती रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत । रुकुम पश्चिममा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफेकोट गाउँपालिका–८ तोरीधारा मोटे खोला भन्ने ठाउँमा जिप दुर्घटना हुँदा दुई जनाको भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर मृत्यु भएका दुबै जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परेर दुई...

नेप्से आज बिहीबार बन्द हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ । आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११...

बागमती प्रदेश सभा बैठक सुरु

मकवानपुर । बागमती प्रदेश सभाको बैठक सुरु भएको छ । बिहान ८ बजे बस्ने भनिएको बैठक केही समय ढिला गरी सुरु भएको हो । आज बस्ने बैठकमा पनि विनियोजित विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफाबार छलफल हुनेछ । यसअघि बुधबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले...

आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम...

आज सार्वजनिक विदा

काठमाडौं । आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएको थियो । जारी सूचनामा जात्राका अवसरमा उपत्यका तीन जिल्लाहरु क्रमशः काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा...

मकवानपुरका तामाङ प्रहरीको नियन्त्रणमा

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित बुधबार राति एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बुधबार राति साढे ११ बजेको समयमा जिल्लाको थाहानगरपालिका वडा नम्वर २, फेदिगाउँ बस्ने ५५ वर्षीय सुर्य तामाङलाई नियन्त्रणमा लिएको हो । तामाङलाई विशेष सूचनाको आधारमा पुगेको ईलाका प्रहरी कार्यालय पालुङको टोलीले अवैध गाँजासहित...

बागमती प्रदेश सभा बैठक आज पनि बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको आज पनि बस्दैछ । बैठक आज बिहान ८ बजेपछि बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा पनि विनियोजित विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफाबार छलफल हुनेछ । यसअघि बुधबार बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले सुझाव प्रस्तुत गरेका...

दोस्रो प्रदेश खेलकुद : क्रिकेटमा भक्तपुरलाई पराजित गर्दै मकवानपुर सेमीफाइनलमा

मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेटमा भक्तपुरलाई पराजित गर्दै मकवानपुर सेमीफाइनल प्रवेश गरेको छ । बुधबार बिहान चितवनस्थित निर्माणाधिन गौतमबुद्ध रंगशालामा भएको खेलमा भक्तपुरलाई ७ विकेटले पराजित गर्दै मकवानपुर सेमीफाइनल प्रवेश गरेको हो । अब मकवानपुरले ललितपुर र नुवाकोटबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । प्रदेश खेलकुद...