समाचार
युवा वैज्ञानिक प्रोत्साहन कोष संचालन गर्न प्रदेश सरकारले कोष निमार्ण गर्ने
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले युवा वैज्ञानिक प्रोत्साहन कोष संचालनका लागि गर्न प्रदेश सरकारले कोष निमार्ण गर्ने बताएका छन् । मुख्यमन्त्री जम्मकट्टेलले बिहीबार कोषद्धारा सञ्चालित पाँच वटा आयोजनाको उपलब्धी सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले कोष अहिले कार्यविधिमा रहेर संचालन भइरहेको र प्रदेश सरकारले...
जेष्ठ १६ सम्म मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ । अर्थ मन्त्रालयका अनुसार, सचिवस्तरीय निर्णयबाट जेष्ठ ११ (बिहीबार) देखि १६ जेष्ठ गतेसम्मका लागि यो प्रणाली बन्द गरिएको हो । सरकारले जेष्ठ १५ मा आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट संघीय...
वैदेशिक रोजगारीमा जाने नेपालीबाट ७५ करोडको ठगी
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीहरू ठगिने क्रममा दिनप्रतिदिन बढ्दै गइरहेको छ । चालु आर्थिक वर्ष १० महिनामा मात्र ७५ करोड भन्दा बढीको ठगी गरेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गैर कानूनी रूपमा बिचौलिया तथा दलालहरूले बिचौलिया र एजेण्टहरूले ७५ करोड ७७ लाख भन्दा बढीको ठगी गरेको...
बागमती प्रदेश खेलकुद : सोहन र पेमा उत्कृष्ट बक्सर
मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार बिहान भएको बक्सर प्रतियोगितामा मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा उत्कृष्ट बक्सर घोषित भएका छन् । हेटौंडास्थित हेटौंडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर भएकी...
अवैध लागूऔषधसहित पक्राउ
काठमाडौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले देशको काठमाडौं, बारा, बाँके र मकवानपुर गरी चार छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१४ बल्खुबाट अवैध लागूऔषध गाँजा ५०० ग्रामसहित प्रहरीले बुधबार राति एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं...
प्रदेश खेलकुल प्रतियोगिताः भलिबलमा काठमाडौं र चितवनलाई स्वर्ण
मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार बिहान भएको भलिबल प्रतियोगितामा काठमाडौं र चितवनले स्वर्ण जितेका छन् । हेटौंडास्थित हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्ण पदक जितेका हुन् । काठमाडौंले फाइनलमा दोलखालाई २५–५, २५–६ र २५–१२ ले हरायो । चितवनले भने फाइनलमा धादिङमाथि २५–१७,...
सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । देशको प्युठान, जुम्ला, भक्तपुर, बारा र ताप्लेजुङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्युठानको गौमुखी गाउँपालिका–५ खुङ छहरेखोला भन्ने स्थानमा लु.४ त १२२५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित...
बागमती प्रदेश सभा : विनियोजित विधेयकमाथिको छलफल सकियो
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजित विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकताको सन्दर्भमाथिको छलफल सकिएको छ । जेष्ठ ९ गते बसेको प्रदेश सभामा सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले प्रस्तुत गरेको उक्त विधेयकमाथि छलफल आज बिहीबार सकिएको हो । सो विधेयकमाथि तीन...
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेष्ठ १४ गते सार्वजनिक हुने
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेष्ठ १४ गते सार्वजनिक हुने भएको छ । प्रदेश सभाको जेष्ठ १४ गते अपराह्न २ बजे बस्ने बैठकमा सरकारको तर्फबाट बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको सभामुख...
रुकुम पश्चिम दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा आज बिहान भएको जिप दुर्घटना परेर मृत्यु हुनेको संख्या ४ पुगेको छ । सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...









