म्यान मकवानपुरद्वारा खाद्यान्न सहयोग

तु खबर संवाददाता
२०८० जेष्ठ १९, शुक्रबार १८:०१

मकवानपुर । मोबाईल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित मामाघर नेपाललाई खाद्यन्न सहयोग गरेको छ ।

म्यान मकवानपुरले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा तीन दिन मोवाईल मर्मत सर्भिस सेवा पश्चात शुक्रबार मामाघर नेपाललाई खाद्यान्न सहयोग गरेको हो ।

मामाघर नेपाललाई तेल, चाउचाउ, विस्कुट, प्याज लगायत विभिन्न खाद्यान्न सामाग्री हस्तान्तरण गरेको म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईँले जानकारी दिए ।

कार्यक्रम अध्यक्ष चौलागाईँको सभाध्यक्षता एवम् नेपाल मोबाईल व्यवसायी महासंघका केन्द्रीय सदस्य छतेन्द्र आचार्यको प्रमुख आतिथ्यतामा भएको हो ।

महासंघ बागमती प्रदेश अध्यक्ष एसीस रिजालको विशेष आतिथ्यतामा भएको कार्यक्रममा महासंघ प्रदेश कोषाध्यक्ष मिलन स्याङ्तान, म्यान मकवानपुरका पदाधिकारी र मोवाईल व्यवसायीहरुको सहभागिता रहेको थियो ।

उक्त स्थापना दिवसको अवसरमा हेटौंडा बजारभित्रका दर्जनौं मोबाईल पसलहरुमा तीन दिन फ्रि मोबाईल मर्मत सेवा प्रदान गरिएको अध्यक्ष चौलागाईले जानकारी दिए ।