समाचार
हेटौंडा–काठमाडौंको भाडा घट्यो
मकवानपुर । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र संचालन हुने सवारी साधनको भाडादर समायोजन गरेको हो । यसअघि पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएको...
लागूऔषधसहित आठ जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, कैलाली, सुनसरी, बाँके, सिरहा र कञ्चनपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट आठ जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध चरेश करिब ३ केजी...
प्रतिनिधि सभाको बैठक साँझ ६ बजे बस्ने
काठमाडौं । प्रतिनिधि सभाको बैठक साँझ ६ बजे बस्ने भएको छ । एमालेको अवरोधका कारण मध्यान्ह साढे १२ देखि स्थगित भएको बैठक साँझ ६ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जनाए । २० मिनेटका लागि भनेर स्थगित गरिएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।...
६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने
काठमाडौं । ६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयहरूमा इन्टरनेट जडान गरिने भएको छ । भूकम्प प्रभावित ८ वटा जिल्ला र काठमाडौँ उपत्यकाबाहेक ६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयहरूमा ब्रोडब्याण्ड इन्टरनेट जडान गरिने भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । त्यसका लागि स्थानीय तहहरूसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।...
मकवानपुरमा मिटरब्याजीविरुद्ध ६० वटा उजुरी दर्ता
मकवानपुर । मकवानपुरमा मिटरब्याजीविरुद्ध ६० वटा उजुरी दर्ता भएको छ । सरकारले बैशाख १६ गतेदेखि मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहीबारसम्म ६० वटा उजुरी दर्ता भएको हो । मिटरब्याजको धन्दा संचालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट उजुरी परेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक...
सातामा ८१ अंकले बढ्यो नेप्से
काठमाडौं । यो साता पनि सेयर बजारमा हरियाली छाएको छ । १८ सय ७७ अंकको विन्दुमाबाट सुरु भएको नेप्से सूचक यो सातामा ८१.८ अंकले बढ्दै १९ सय ५९.१२ अंकको विन्दुमा पुगेर रोकिएको छ । साथै यो साता कारोबार रकम पनि बढेको छ । यस साता ४ अर्ब ८५ करोड...
जसपाले विधान अधिवेशनबारे छलफल गर्न बैठक बोलायो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाले यही जेठ १४ गते आइतबार १ बजेका लागि बैठक बोलाएको हो । उक्त बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका कार्यसूचीमा छलफल हुने जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
२९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । सरकारले आगामी जेठ १६ गते २९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै गरेको सरकारले भोलिपल्ट नै २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो । जेठ १४ गते उक्त ट्रेजरीको...
घुस लिएको आरोपमा पक्राउ परेका वडाध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर
जनकपुर । सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका जनकपुरधाम उपमहानगरपालिका–११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार रायविरुद्ध मुद्दा दायर भएको छ । सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका उनीहरुविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको...
नक्कली शरणार्थी प्रकरण : थप एक जना पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मी महर्जन रहेका छन् । उनलाई प्रहरीले आजै अदालतमा उपस्थित गराएको छ । प्रहरीले बुधबार ३० जनाविरुद्ध मुद्दा चलाउँदा १४ मध्ये उनलाई पनि फरार सूचीमा राखिएको थियो । लक्ष्मीको खातामा ठगी गरेको रकम...










