समाचार

आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार बिहान जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी र बागमती प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको छ । शनिबार कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भूभागमा...

पुरुष क्रिकेटमा चितवनलाई स्वर्ण

मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुदअन्तरगत शुक्रबार भएको पुरुष क्रिकेट प्रतियोगितामा चितवनले स्वर्ण जितेको छ । चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा ललितपुरमाथि ३६ रनको जित निकाल्दै चितवनले स्वर्ण हात पारेको हो । निर्धारित २० ओभरमा १६७ रनको लक्ष्य पछ्याएको ललितपुरले आठ विकेट गुमाउँदै १३० रन मात्र...

पशुपतिनाथ माविमा इसीडी शिक्षकलाई तालिम

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको पशुपतिनाथ माविमा शिशुकक्षा शिक्षण गर्ने शिक्षकलाई तालिम दिन सुरु गरिएको छ । विकासका लागि सहयोग र सहकार्य (हेल्कोड) नेपालको आयोजनामा पशुपतिनाथ मावि, सृजना प्रावि, चेपाङ प्रावि, नवज्योति प्राविका ईसीडी शिक्षकहरुलाई ५ दिने तालिम सुरु गरिएको हो । विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यको सभाध्यक्षता र हेल्पकोड...

प्रदेश खेलकुद : पुरुष फुटबलमा आज मकवानपुर र काठमाडौं भिड्दै

मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि आज फाइनल खेल हुने भएको छ । आज घरेलु टोली मकवानपुर र काठमाडौंबीच स्वर्णका लागि प्रतिस्पर्धा हुने भएको हो । खेल पिप्ले क्याम्पा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । बिहीबार भएको पहिलो सेमिफाइनलमा काठमाडौंले ललितपुरलाई १–०...

ए डिभिजन लिग अन्तरगत आज तीन खेल हुँदै

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछन् भने च्यासल मैदानमा एउटा खेल हुनेछ । जसअनुसार च्यासल मैदानमा मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब बिच हुनेछ । जुन...

सुरक्षित आप्रवासन परियोजनाद्वारा पत्रकारहरुसंग अन्तरक्रिया

मकवानपुर । सुरक्षित आप्रवासन (सामी) परियोजनाले शुक्रबार पत्रकारसँग अन्तरक्रिया गरेको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया गरिएको हो । सामी परियोजनाले मकवानपुरको चार स्थानीय तह हेटौंडा, थाहा, बकैया र मनहरीमा गरेको कामहरुको प्रगति विवरण प्रस्तुत गरिएको थियो । वैदेशिक रोजगारका १३३ वटा केसहरु दर्ता भएको...

प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ४ बजेदेखि बस्ने भएको हो । प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ । शुक्रबारको बैठकमा भने एमालेले अवरोध गरेको थियो । नीति कार्यक्रम पारित गर्ने तयारीमा रहेकोका बेला एमालेको अवरोधका कारण बैठक लम्बिएको हो...

कांग्रेसलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका नेता कार्यकर्ताहरुले पार्टीलाई अब एकढिक्का बनाएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । शुक्रबार हेटौंडामा भएको क्षेत्र नम्बर १ को सम्मेलनमा सहभागी नेता कार्यकर्ताहरुले चुनावमा भएको कमीकमजोरी र परिणामलाई समिक्षा गर्दै अब एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । एक अर्कामा आरोपप्रत्यारोप गर्न छोडेर...

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सरकारको आग्रह

काठमाडौं । सरकारले संघीय संसदबाट पारित भएर राष्ट्रपति कार्यालयमा अलपत्र परेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ । शुक्रबारको मन्त्रिपरिषद बैठकले गत असोजदेखि राष्ट्रपति कार्यालयमा निर्णयविहीन अवस्थामा रहेको विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको हो । निवर्तमान राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरी राष्ट्रपतिको कार्यालयमा...

जसपाको प्रमुख सचेतकमा प्रदीप यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रवार प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । यादव पर्सा – १ बाट निर्वाचित सांसद हुन् । यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी वन मन्त्री बनेका...