हेटौंडामा वातावरण दिवसको अवसरमा साइकल र्याली

तु खबर संवाददाता
२०८० जेष्ठ २१, आईतवार १७:१७

मकवानपुर । मकवानपुरको हेटौंडामा विश्व वातावरण दिवसको अवसरमा साइकल र्याली कार्यक्रम भएको छ । उक्त कार्यक्रम दीगो विकास संस्थाको आयोजना तथा विश्वविद्यालय तहमा वनविज्ञान विषय अध्ययनरत विद्यार्थीको व्यवस्थापनमा भएको हो ।

बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, हुप्रचौरबाट सुरु भएको साइकल र्याली मेनरोड, सीमाचोक, बुद्धचोक, कान्तिराजपथ, संगमचोक, मानसचोक, मनकामनाचोक, सानोपोखराचोक, भैरवरोड हुँदै पुनः हुप्रचौरमा आएर समापन गरिएको थियो ।

साइकल र्यालीपछि हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले वातावरण संरक्षणमा सबैलाई ध्यान दिन आग्रह गर्दै वनविज्ञानका विद्यार्थीले आमरुपमा सचेतना अभिवृद्धिमा पनि ध्यान दिनुपर्नेमा जोड दिइन् ।