मकवानपुर बक्सिङ संघको अध्यक्षमा सुशील घिमिरे

तु खबर संवाददाता
२०८० जेष्ठ २१, आईतवार १०:१०

मकवानपुर । मकवानपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा सुशील घिमिरे चयन भएका छन् ।

शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित कभर्ड हलमा भएको ९ औं जिल्ला अधिवेशनबाट घिमिरेको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

संघको उपाध्यक्षमा उज्वल शर्मा भण्डारी, सचिवमा अमित मानन्धर र कोषाध्यक्षमा राजन शिल्पकार चयन भएका छन् ।

यसैगरी, सदस्यहरु मा क्रमशः रुपा विडारी र लक्ष्मी पुडासैनीलगायत चयन भएका छन् । नवनिर्वाचित कमिटीको कार्यकाल ३ वर्षको रहनेछ ।