समाचार
डाफेँ युवा क्लबको स्थापना दिवसमा खेल मैदान उद्घाटन तथा चियापान
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, गौरीटारमा डाफेँ युवा क्लबले आफ्नो ३८ औं स्थापना दिवसको अवसरमा खेल मैदान उद्घाटन तथा चियापन कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष दीपक तिवारीको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा शुक्रबार ब्याडमिन्टन खेल मैदान उद्घाटन तथा चियापान कार्यक्रम...
एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिने
काठमाडौं । नेकपा एमालेले आजबाट स्थानीय तहका पार्टीका जनप्रतिनिधिहरूलाई अनुशिक्षण दिँदैछ । एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा दुई दिने अनुशिक्षण दिन लागेको हो । अनुशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यसूची रहेको छ ।
प्रदेश खेलकुद : पुरुष फुटबलको फाइनलमा मकवानपुर
मकवानपुर । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा मकवानपुर फाइनलमा प्रवेश गरेको छ । बिहीबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको सेमीफाइनल खेलमा काभ्रेलाई ३–० गोलअन्तरले पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो । सहज जितसँगै मकवानपुरले फाइनल खेल काठमाडौंसँग खेल्नेछन् । बिहीबार नै भएको पहिलो सेमीफाइनल खेलमा ललितपुरलाई...
जापानमा हत्याको आरोपमा सभामुखका छोरा पक्राउ
टोकियो । जापानमा गोली हानाहानको घटनामा संलग्नताको आरोपमा एक जना नगर सभामुखका छोरा पक्राउ परेका छन् । मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो । जापनीज सञ्चार माध्यमका समाचार अनुसार, आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो शहरमा दुई...
मकवानपुरका वाईबा पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध कारोबारमा संलग्न भई फरार रहेका एक जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर साविक सरीखेत गा.बि.स. वडा नं.१ बस्ने ईमान सिं वाईबा रहेका छन् । मकवानपुरका प्रमुख नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, वाईबा २५ वर्षपछि पक्राउ परेका हुन् । गत २०५५ साल...
नक्कली शरणार्थी प्रकरण : आजबाट अदालतमा बयान सुरु
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा पक्राउ परेकाहरुको आजदेखी अदालती बयान सुरु हुन लागेको हो । सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । यस्तै, मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको...
आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रमकमाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । संघीय संसद भवन वानेश्वरमा प्रतिनिधि सभाको दोस्रो अधिवेशनका १३ औं बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)...
सहयोगी मन नेपालद्वारा सेनेटरी प्याड भेन्डिङ मेसिन सहयोग
मकवानपुर । समाज सेवामा क्रियाशील संस्था सहयोगी मन नेपालले साहित्य संगम मकवानपुरलाई सेनेटरी प्याड भेन्डिङ मेसिन सहयोग उपलब्ध गराएको छ । संस्थाका अध्यक्ष केदार प्रसाद चौलागाईंले संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेलाई सो मेसिन उपलब्ध गराएका हुन् । मेसिन हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको समेत उपस्थिति रहेको थियो...
बागमती प्रदेश : नीति तथा कार्यक्रम ल्याउन एमालेको सुझाव
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले आफ्ना सुझावहरु समेटेर मात्र आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न सुझाव दिएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा आफुले दिएको सुझावहरुलाई जोड दिनका लागि आग्रह गरिएको एमाले बागमती...










