राष्ट्रपतिद्वारा ६ देशमा गैरआवासीय राजदूत नियुक्त

तु खबर संवाददाता
२०८० जेष्ठ २१,आईतवार १५:५८
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा १८२ को उपधारा १ बमोजिम विभिन्न देशका आवासीय राजदूतलाई थप देश समेत हेर्नेगरी गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले मलेसियाका राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई दारुसलाम, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिली, अष्ट्रियाका राजदूत भरत कुमार रेग्मीलाई क्रोएसियाको गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

यसैगरी, रुसका राजदूत मिलनराज तुलाधरलाई गणतन्त्र काजखस्तान र डेनमार्कका राजदूत राम स्वार्थ रायलाई निथुआनियाको गैरआवासीय राजदूत समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।