३० अर्ब ८७ करोडभन्दा बढी आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ । सरकारले मंगलबार ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । २८ दिने, ९१ दिने १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरीमार्फत उक्त ऋण उठाउन लागिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार, मंगलबार निष्काशन हुने ट्रेजरीको सोमबार अर्थात् जेष्ठ २२ गते सार्वजनिक बोलकबोल हुनेछ ।
इचछुक लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरूले सोमबार दिउँसो ३ बजेसम्म ट्रेजरीका लागि आवेदन दिन सक्नेछन् ।
केन्द्रीय बैंकका अनुसार, कूल ट्रेजरी मध्ये २५ अर्ब ८७ करोड ५० लाख रुपैयाँ पुरानै नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ रुपैयाँ बराबरको मात्र नयाँ ट्रेजरी जारी गर्न लागिएको हो ।