नेपाल राष्ट्र बैंकद्वारा विभिन्न पदका लागि आवेदन माग

तु खबर संवाददाता
२०८१ श्रावण ३२,शुक्रबार ०९:२९

काठमाडौं । नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि आवेदन माग गरेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदको लागि आवेदन माग गरेको हो ।

जारी सूचना अनुसार, बैंकले सहायक निर्देशक (३४ जना), सहायक (१३ जना) र सहायक (सूचना प्रविधि ५ जना) मा आवेदन माग गरेको छ ।

बैंकमा रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०८१ साउन ३२ देखि आगामी भदौ २० गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

जारी सूचनामा विद्युतीय माध्यममार्फत् दरखास्त फाराम पेस गर्दा बैंकले तोकेको सम्पूर्ण विवरण उक्त दरखास्त फाराममा उल्लेख गरी सोको साथ नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र (ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सम्बन्धित संस्थाबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत), तोकिएका अन्य कागजात समावेश गर्नुपर्ने भनिएको छ ।