नेपाल राष्ट्र बैंकद्वारा हवाई टिकटका लागि आवेदन माग

तु खबर संवाददाता
२०८० जेष्ठ ३१,बुधबार १७:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि हवाई टिकट उपलब्ध गराउने गरी टिकट विक्रेता÷ट्राभल्स एजेण्टहरुलाई मौजुदा सूचीमा दर्ता गराउन सार्वजनिक आह्वान गरेको छ ।

बैंकले आगामी आवको लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय हवाई टिकट उपलब्ध गराउन इच्छुक ईजाजत प्राप्त अन्तर्राष्ट्रिय हवाई टिकट विक्रेता÷ट्राभल एजेन्सीहरुसँग आवेदन माग गरेको हो ।

उपलब्ध फाराममा तोकिएका योग्यता सहितका कागजातहरु समावेश गरी सूचना प्रकाशित भएको मितिले १५ दिन (सो दिन सार्वजनिक विदा परेमा तत्पश्चात् कार्यालय खुलेको पहिलो दिन) भित्र बैंकको केन्द्रीय कार्यालय, सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको मौजुदा सूची (स्ट्याण्डिङ्ग लिष्ट) मा सूचीकृत भइसक्ने समेत बैंकले आह्वान गरेको छ । बैंकले बुधबार सूचना प्रकाशित गरेको हो ।