बजेटमाथि छलफल गर्न प्रतिनिधि सभा बैठक बस्दै

तु खबर संवाददाता
२०८० जेष्ठ २१, आईतवार ०९:०३
file-photo

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने भएको हो ।

उक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

यस्तै, बैठकमा विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।