खोलामा डुबेर मकवानपुरका ११ वर्षीय बालकको मृत्यु

तु खबर संवाददाता
२०८० जेष्ठ २१, आईतवार ०९:५७
File Photo

मकवानपुर । मकवानपुरमा नुहाउने क्रममा खोलामा डुबेर शनिबार एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बकैया गाउँपालिका–६, बेसीटोल बस्ने अन्दाजी ११ वर्षीय सन्देश बोम्जन रहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, ती बालक विद्यालय छुट्टी भएको समयमा साथीहरूसंग घर नजिकैको बकैया खोलामा नुहाउन गएका थिए । नुहाउने क्रममा बकैया खोलामा डुबेर उनको मृत्यु भएको हो ।