एमाले सचिवालय बैठक जारी

तु खबर संवाददाता
२०८० जेष्ठ १९, शुक्रबार १६:५३
file-photo

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक हाल जारी छ । साढे चार घण्टायता ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठक हाज जारी रहेको छ ।

बैठकमा नागरिकता विधेयक, जन्मकैदको फैसला भएका रेशम चौधरीको आम माफी, प्रधानमन्त्रीको भारत भ्रमण, संसदमा जेठ १५ गते पेश भएको बजेट र केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँटबारे छलफल भइरहेको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी होल्ड गरेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणकै दिन जेठ १७ गते प्रमाणीकरण गरेका थिए । राष्ट्रपति पौडेलले उक्त विधेयक संविधानको मर्मविपरित प्रमाणीकरण गरेको एमाले नेताहरुले बताउँदै आएका छन् । त्यस्तै रेशम चौधरीलाई आम माफी दिने सरकारको निर्णयप्रति पनि एमाले सकारात्मक छैन ।