हेटौंडामा एक जनाको शव फेला

तु खबर संवाददाता
२०८० जेष्ठ २०, शनिबार १२:३४

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित आज बिहान एक जनाको शव फेला परेको छ ।

हेटौंडा–५, राईटोलबाट गढीस्थित मनकामना जाने बाटोको जंगलमा अन्दाजी ३५ वर्षीय एक जना पुरुषको शव फेला जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

ती पुरुषको हाल सनाखत भएको नभएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनका अनुसार, बिहान स्थानीयले ती पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक पुरुषको शव पोस्टमार्टमको लागि हाल हेटौंडा अस्पतालमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।