समाचार
शनिबार नयाँ मिस नेपाल छानिने
काठमाडौं । २७ औं श्रृखलाको मिस नेपाल अर्थात ‘मिस नेपाल २०२३’ आगामी शनिबार (१३ जेठमा) छानिँदै छ । ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने प्रतियोगीताका लागि २४ सुन्दरी भिड्नेछन् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा मिती नजिकिँदै गर्दा द हिडन ट्रेजरले ११ जना जजको नाम सार्वजनिक गरेको छ । जसमा...
बागमती प्रदेश सभा बैठक : विनियोजित विधेयकमाथि छलफल
मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्नमा बसेको बैठकमा विनियोजित विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफाबार छलफल भएको छ । बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । बैठकमा सांसदहरुले प्रदेशको १३ वटै जिल्लालाई समेटिने गरी कृषि उत्पादन, फलफुल, मौसमी तरकारी खेतीलाई आत्मनिर्भर...
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–१३ कालीमाटीस्थित ओखलढुङ्गा लिखु गाउँपालिका घर भएका ३१ वर्षीय होमबहादुर पौडेलको डेरा (कोठा) मा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले पौडेलसहित पाँच जनालाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नगद...
नक्कली शरणार्थी प्रकरण : जिल्ला अदालतमा मुद्दा दर्ता
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने बहानामा भएको ठगी प्रकरणको मुद्दा दर्ता गरिएको छ । बुधबार सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा उक्त प्रकरणमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । सरकारी वकिलको कार्यालयले अभियुक्तहरुविरुद्ध ठगी, कीर्ते, संगठित र राज्यविरूद्धको गरी चार वटा छुट्टाछुट्टै मुद्दा लगाइएको हो...
नक्कली शरणार्थी प्रकरण : अभियोग पत्र अदालत लगियो
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध आज अदालतमा मुद्दा दर्ता गर्दैछ । कार्यालयले ३ बजेर ५० मिनेट जाँदा अभियोग पत्र काठमाडौं जिल्ला अदालत लगेको हो । मुद्दा दर्ताका लागि गठित आठ सदस्यीय समितिले प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र...
१६ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से सूचक १६ अंकले बढेर १९५९ विन्दुमा कायम भएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज सामान्य अंकले मात्रै बढेको हो । यसअघि मंगलबार नेप्से परिसूचक ५१ अंकले बढेर...
राप्रपा नेपालले प्रदेश तहका सबै इकाईहरू विघटन गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रदेश तहका सबै इकाईहरू विघटन गर्ने भएको छ । राप्रपा नेपाल केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरुको संयुक्त विस्तारित बैठकले संघीय संरचना अन्तर्गतको प्रदेश तह आर्थिकरुपमा बोझिलो तथा अनेकौ राजनीतिक विकृति र विसंगतिको कार्यथलो साबित भएको ठहर गर्दै यस्तो निर्णय गरेको हो ।...
भोलि सार्वजनिक विदा
काठमाडौं । गृह मन्त्रालयले भोलि बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदाको घोषणा गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा विदा दिने निर्णय भएको जानकारी गराएको हो । जारी सूचनामा जात्राका अवसरमा उपत्यका तीन जिल्लाहरु क्रमशः काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा हुने...
मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु
मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाँबस्तीमा आज बिहान यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर ७, सुनाचुरी बस्ने ७१ वर्षीया मनमाया थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी...
नदीमा डुबेर दुई युवतीको मृत्यु
बाँके । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । जिल्लाको डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मंगलबार साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५...








